पञ्चायत चुनावपछि केन्द्रको पैसा सोझै आउँछ र बीचमा रहेको जीटीएको कुनै काम रहँदैन किनभने जीटीएको बक्सा पनि खाली छ: सांसद राजु विष्ट

IMG-20230702-WA0374.jpg

सोनादा: पञ्चायत चुनावपछि पञ्चायत व्यवस्था भएपछि केन्द्र सरकारको पैसा सोझै पञ्चायतमा आउँछ अनि गाउँ घरको विकास भएर जान्छ। तर बीचमा रहेको जीटीएको कुनै काम रहँदैन किनभने जीटीएको बक्सा पनि खाली छ भनी भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाको सांसद राजु विष्टले आज सोनादामा बताएका छन्। उनी पञ्चायत चुनावको प्रचार गर्दै सोनादा आईपुगेका थिए। पञ्चायत चुनावमा सोनादा क्षेत्रका भाजपा र गठबन्धन दलहरूका प्रार्थीहरूसित सांसद राजु विष्टले भेटघाट गर्दै सोनादा रेलवे स्टेशन परिसरमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले भने, ‘अब केन्द्र सरकारले पञ्चायत प्रधान र पञ्चायत समिति बनेपछि सोझै पैसा हालिदिनेछ र जीटीएको उठिवास हुनेछ। अब केन्द्र सरकारले १५ अगस्तदेखि मनरेगाको पैसा सोझै उपभोक्ताहरूका खातामा डिजिटल भुक्तानीको साथमा हालिनेछ। सय दिने रोजगारको पैसा सांसद र केन्द्र सरकारले रोक्यो भन्छ तर तिम्रो भष्ट्रचारको कारणले सरकारले रोकिदिएको हो। जनताको पैसा जनताले नपाएर रोकिएको हो। जीटीएको नेताहरूले घोटाला गरेर यसो भएको हो। अब विष्टले सय दिने होइन डेढ सय दिने बनाउँछ।’
सांसद राजु विष्टले अघि भने, २३ सालपछि लोकतान्त्र फर्केर आएको छ। तर त्यो अनित थापाले लिएर आएको होइन। उनीहरूले झूटो बोल्दैछ। चोर्नु पल्केकाहरूले कहिले पनि लोकतन्त्र फर्काउँदैन कारण लोकतन्त्र फर्कियो भने जनताको राज हुन्छ। पञ्चायत चुनाव हुन्छ अनि जीटीए कहिले पनि चल्दैन। केन्द्र सरकारले ममता दिदीलाई चिट्ठी लेखेर केन्द्रबाट आएको पैसा फर्काउँछु भनेकोले पञ्चायत चुनाव भएको हो।’ उनले अझ भने, ‘मैले काम गर्दा पनि सन्तुष्टि छैन अनि नगर्दा पनि छैन। मैले के गर्नु आबो? जीटीएको नेताहरूले भाजपाले क्षेत्रीयता मास्यो भन्ने आरोप छ। तर पहाड़ मास्नेहरूले क्षेत्रीयताको कुरा गर्न मिल्दैन। जसले टीएमसीको पुच्छर पर्केर पहाड़ चढ़ाउन खोज्नोहरू, सिन्कोना मास्नेहरू, हाम्रो दाजु भाइको नोकरी कोलकोता लगेर खानेहरू, २०१७ मा जनतालाई धोका दिएर आन्दोलन मास्नेहरू, गोर्खाल्याण्ड बेचिखानेहरू र शहीद बनाउनेहरूले क्षेत्रीयताको कुरा गर्न मिल्दैन। विकास नगर्नेले क्षेत्रीयताको कुरा गर्न मिल्दैन।’
सोनादामा चुनावी सभालाई सम्बोधन गर्दै सासंद एंव भारतीय जनता पार्टीको राष्ट्रीय प्रवक्ता राजु विष्टले अझ भने, ‘विष्टले काँटी पनि ल्याएन भन्छ। तर म काँटी लिन दिल्ली गएको होइन। म त गोर्खा जातिको सपना पूरा गर्नलाई दिल्ली गएको हो। मेरा जातिले भारतको अन्य जातिले जस्तो मर्यादा पायोस् भनेर दिल्ली गएको हो। मेरो जातिले जनजातिको दर्जा पायोस् भनेर दिल्ली गएको हो। कन्ट्रयाक्टर बन्न दिल्ली गएको होइन। काँटीको कुरा त कन्ट्रयाक्टरले गर्छ। तर पहाड़लाई कन्ट्रयाक्टरबाट बचाउनुपर्छ।’

सासंद राजु विष्टले पहाड़मा केन्द्र सरकारबाट भईरहेको विकासको कुरा गर्दै भने, ‘प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत दार्जिलिङ जिल्ला १६६ वटा रोड बनिएको छ। रोड बनियो कि बनिएन तर पैसा चैं आएको हो। ८४२ किलोमिटर लामो रोड पास भएर जम्मा ६०० करोड़ आएको हो। कालेबुङ जिल्लाको लागि पनि ४९० किलोमीटर लामो रोडको लागि ३६१ करोड़ राशि आएको हो। तर कति बनियो कि बनिएन याद भएन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement