अन्तर्राष्ट्रिय सहकारी दिवस पालन

IMG-20230702-WA0377.jpg

गान्तोक: १०१औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नान्डोक सरमसा किसान उत्पादक जैविक सहकारी संस्था लिमिटेड एक कार्यक्रम आयोजन गऱ्यो। सिक्किम सरकारको सहकारिता विभागको सहयोगमा “दिगो विकासका लागि सहकारिता” नारामा आयोजन गरेको हो। हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र अन्तर्राष्ट्रिय सहकारी गठबन्धनद्वाराआयोजन गरिँदै आएको छ। सन् १९२३ मा शुरु भए तापनि यो पहिलो पटक सन् २००५ मा संयुक्त राष्ट्र संघको सहयोगमा मनाइएको थियो। अन्तर्राष्ट्रिय दिवसको उद्देश्य सहकारीमा चेतना अभिवृद्धि गर्नु हो र आन्दोलनको सफलता र अन्तर्राष्ट्रिय एकता, आर्थिक दक्षता, समानता, र विश्व शान्तिको आदर्शलाई प्रवर्द्धन गर्ने रहेको छ। अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र सरकार लगायत अन्य पक्षहरूबीच स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझेदारीलाई सुदृढ र विस्तार गर्ने उद्देश्य पनि अन्तर्राष्ट्रिय दिवसको उद्देश्य हो। कार्यक्रममा जिल्ला पञ्चायत धनकुमारी राई प्रमुख अतिथिको रुपमा अनि पञ्चायतका सदस्यहरु विभागीय अधिकारीहरु सहभागी थिए। प्रमुख अतिथि तथा अतिथिहरुद्वारा दीप प्रज्वलन गरी कार्यक्रम सुरु भएको थियो। विभागीय अधिकारीहरुले अन्तर्राष्ट्रिय सहकारी दिवसको महत्व र भारत सरकारको सहकारी मन्त्रालयले “सहकार से समृद्धि” मार्फत सञ्चालन गर्दै आएका विभिन्न योजनाका बारेमाजानकारी गराएका थिए। सिस्को ब्यांकले सहकारी तथा स्वयं सहायता समूहले लिन सक्ने विभिन्न कर्जा तथा बीमा योजनाका बारेमा छलफल भएको थियो। कार्यक्रममा कृषक उत्पादक सहकारी संस्था लिमिटेड, बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सेल्फ हेल्प ग्रुपका सदस्यहरुको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement