जम्मू आधार शिविरबाट ४९०३ अमरनाथ यात्रीहरूको तेस्रो समूह प्रस्थान

00-1-Amarnath._858-1

अहिलेसम्ममा १२८०७ तीर्थ यात्रीहरूले बाबाको दर्शन गरे

जम्मू: जम्मूको आधार शिविरबाट आइतबार ४९०३ अमरनाथ तीर्थ यात्रीहरूको तेस्रो समूह प्रस्थान भयो। यसैको साथमा अहिलेसम्ममा १२८०७ तीर्थ यात्रीहरूले बाबा भोलेनाथको दर्शन गरिसकेक छन्। प्रशासनका अनुसार २३४६ तीर्थ यात्रीहरूलाई १३१ वाहनहरूको माध्यमबाट बालटाल आधार शिविर तर्फ आइतबार बिहान प्रस्थान गराइयो। तीर्थ यात्राको लागि अहिलेसम्ममा ३.५ लाखभन्दा अधिक मानिसहरूले आफ्नो अनलाइन पञ्जीकरण गराएका छन्। ६२ दिवसीय यस यात्राको पहिलो दिन आठ हजार भन्दा अधिक तीर्थ यात्रीहरूले अमरनाथ गुफामा पूजा-अर्चना गरे भने यी यात्रीहरू पहलगाम र बालटाल दुवै मार्गबाट त्यहाँ पुगेका थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement