नेपालमा समाजवादी मोर्चा हुँदै कम्युनिस्ट एकतामा जाने उद्देश्य राखिएको प्रचण्डको खुलासा

00-1-Prachanda-Nepal-PM-1

काठमाडौं: नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जाने उद्देश्य राखिएको बताएका छन्। उनले कम्युनिस्टबीचको एकताकै लागि अहिले समाजवादी मोर्चा गठन गरिएको बताए। आइतबार काठमाडौंमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतको जस्तै नेकपा कम्युनिस्ट पार्टीमा फर्कने उद्देश्य राखिएको खुलासा गरे। उनले भने, ‘अहिले हामी मोर्चा बनाएर अघि बढेका छौं। फेरि पार्टी एकता गरेर नेकपा तिरै फर्कनुपर्छl’

सन् २०१८ को मईमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरेर नेकपा गठन गरिएको थियो। नेकपाको अध्यक्षमा केपी शर्मा ओली र प्रचण्ड दुवै थिए। तर, सन् २०२१ को मार्चमा नेकपा विघटन भयो। अहिले नेकपा विघटनबाट एमाले र माओवादी केन्द्र बनेको छ। एमाले विभाजित भई माधव नेपाल नेतृत्वको नेकपा एस बनेको छ। प्रचण्डले नेकपामा फर्कने गरी काम अघि बढिरहेको समेत बताए। हालै समाजवादी मोर्चा गठन गरेका प्रचण्डको पछिल्लो भनाई अर्थपूर्ण छ। सन् २०२२ नोभेम्बरको चुनावमा प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एसले नेपाली काँग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो। अहिले यी दलहरुको गठबन्धनको सरकार छ। सत्ता समिकरण फेरबदलका प्रयासहरु चलिरहेका छन्। यसबीच प्रचण्डले केपी ओली नेतृत्वको नेकपा एमालेसँग मिलेर जाने विषय उठाएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement