ग्रामीण क्षेत्रहरूमा एडवर्डद्वारा भ्रमण शुरु

चुनाव आउँछ-जान्छ तर जनताप्रतिको सेवा कार्य जारी राख्नेछौं: अजय एडवर्ड

दार्जीलिङ: जनताको समस्याहरू नजिकबाट हेर्न अजय एडवर्डले शुरू गरे गाउँ चलो अभियान। जीटीए सभाको चुनावमा अजय एडवर्डको हाम्रो पार्टीले ४५ वटा आसनहरूमा पार्टी उम्मेद्वारहरू खडा गरेका थिए। चुनाव प्रचार प्रसारको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ट स्वयम् विभिन्न क्षेत्रहरूमा पुगेका थिए अनि स्थानीय मानिसहरूले भोग्दै आईरहेका समस्याहरू नजिकबाट हेरेका थिए। ग्रामीण क्षेत्रको अवस्थाहरू देखेर निकै भावुक भएका थिए। देशले ७५औं स्वाधीनता दिवस मनाई सक्दा पनि दार्जीलिङ पहाडको धेरै ग्रामीण क्षेत्रहरूमा सडक पुग्न नसकेको देख्दा अजय एडवर्डले आफ्नो गोजीको पैसाले २२० भन्दा धेर कच्चा बाटोहरू खन्ने काम गरिसकेका छन्। यति मात्र होइन गरीब बिमारीहरूको उपचार,गरीव विद्यार्थीहरूलाई शिक्षा आदि जस्ता कार्यहरू अजय एडवर्डले आफ्नो बल बुत्तामा गर्दै आई रहेका छन्।

पहाडलाई विकाशित गर्न विगतका दिनहरूमा धेरै धनराशीहरू आएका थिए तर पहाडमा हुन पर्ने विकाशहरू भएका छैन अनि यो कुरा कसैको नजरबाट छुटन सकेका छैनन्। पहाडको यस्तो अवस्थादेखि लाल कोठीमा हामी सवै मिलेर इमान्दार ब्यक्ति पठाउनु पर्छ हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले भन्दै आईरहेका छन् अनि जीटीए चुनावको प्रचार प्रसारको क्रममा पनि उनले यौ कुराहरू भन्दै आएका थिए। विकासदेखि वञ्चित पहाडको कतिपय क्षेत्रहरूका वासिन्दाहरूले नो रोड,नो भोट भन्दै चूनाव बहिष्कार समेत गरेका थिए।पहाडको शिक्षा ब्यवस्था,स्वास्थ्य ब्यवस्था आदि जस्ता विषयहरूमा सुधार ल्याउन सर्वप्रथम पहाडमा जनताको राज ल्याउनु पर्छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले पहाडबासीहरू समक्ष आहवान गरेका थिए। हाम्रो पार्टी जनताको सेवा गर्न गठन भएको पार्टी बताउँदै चूनाव आउँछ,जान्छ तर जनताको सेवा कार्यलाई हामी जारी राख्ने छौ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले दिएका थिए। त्यसै फलस्वरूप २६ जूनको दिन जीटीए सभा चूनावको मतदान सम्पन्न भयो अनि जीटीए सभाको ४५ वटा आसनहरू मिलाएर ५९.४ प्रतिशत मतदान भएको अधिकारिक रूपमा पुष्टी भई सकेको छ। मतदान भएको भोलीपल्ट २७ जूनदेखि नै जनताले भोग्दै आएको समस्याहरू बुझन हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गाउँ चलो अभियान शुरू गरेको छ।यसैक्रममा आज घूम जोरबंगला समष्टिको विभिन्न क्षेत्रहरूको भ्रमण गरयो। यस अवधि हाम्रो पार्टीको कार्यकर्ताहरू पनि साथमा रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *