कामरूप: कामरूप (ग्रामीण) जिल्ला पुलिस र एटीएसले संयुक्त रूपमा अभियान चलाएर भारी मात्रामा हेरोइन जफत गरेको छ। पुलिसअनुसार, दुई अलग-अलग अभियानमा भारी मात्रामा हेरोइन बरामद गरिएको छ। एसटीएफका डीआईजी पार्थ सारथी महन्तअनुसार, गुप्त सूचनाको आधारमा चलाइएको अभियानमा शनिबार पुलिसले एउटा वाहनबाट ७०० ग्राम हेरोइन बरामद गऱ्यो। हेरोइनको तस्करी मामिलामा तीन तस्करलाई पक्राउ गरिएको छ। बरामद गरिएको हेरोइनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य ११ करोड़ रूपियाँ अनुमान गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्टअन्तर्गत प्राथमिकी दर्ता गरी पक्रा परेका तीनै तस्करसित सोधपुछ गरिरहेको छ। -हिस