मालवाहक पिकअप भ्यान पल्टिँदा २ जना घाइते

IMG-20230702-WA0176.jpg

खोरीबारी: खोरीबारीको पानीट्याङ्की संलग्न शिमुलतला इलाकाको एशियन हाइवे २ मा मालवाहक पिकअप भ्यान अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएका छन्। प्राप्त जानकारी अनुसार पिकअप भ्यन सिलगढीबाट बिहारतर्फ गइरहेको समय पानीट्याङ्की संलग्न शिमुलतला इलाकामा एशियन हाइवे २-मा पिकअप भ्यान अचानक अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर बतासी प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। घटनाको खबर पाएर खोरीबारी पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement