- महाराष्ट्रमा अब डबल इञ्जिनको सट्टा ट्रिपल इञ्जिनको सरकार भयो: सीएम शिन्दे
- एनसीपीका ३६ विधायकहरूले शिन्दे सरकारलाई समर्थन दिएको अजीत पवारको दाबी
मुम्बई: महाराष्ट्रको राजनीतिमा आइतबार शरद पवारको राष्ट्रवादी कंग्रेस पार्टी (एनसीपी) विभाजन हुनका साथै अचानक ठूलो फेरबदल भयो। एनसीपी नेता अजीत पवारले एउटा बैठक डाकेर शिन्दे सरकारमा सामेल हुने फसेला लिए। उनी आफ्ना समर्थक विधायकहरूलाई लिएर राजभवन पुगे। हतार-हतार शपथ ग्रहण समारोहको आयोजन गरी अजीत पवारलाई उपमुख्यमन्त्री समेत अन्य आठजना एनसीपी नेताहरूलाई मन्त्री पदमा शपथ दिलाइयो।
एनसीपी नेता अजीत पवारले दाबी गरेका छन्, पार्टीका ३६ विधायकहरूले शिन्दे सरकारलाई समर्थन दिएका छन्। राजभवनमा सामान्य समारोहमा राज्यपाल रमेश बैसले राकंपाका नेता अजीत पवारलाई उपमुख्यमन्त्री पदमा शपथ दिलाए। यसबाहेक वरिष्ठ राकंपा नेता छगन भुजबल, दिलीप वलसे पाटिल, हसन मुश्रीफ, धनञ्जय मुंडे, धर्मराव बाबा अत्राम, अदिति तटकरे, संजय बंसोड़े र अनिल पाटिललाई मन्त्री पदको शपथ दिलाए। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री एकनाथ शिन्दे, उपमुख्यमन्त्री देवेन्द्र फडणवीस, भाजपा प्रदेश अध्यक्ष चन्द्रशेखर बावनकुले, राकंपाका राष्ट्रीय कार्याध्यक्ष प्रफुल्ल पटेल उपस्थित थिए।
राकंपा नेता अजीत पवारले आज बिहान आफ्नो सरकारी बंगलो देवगिरीमा समर्थक विधायकहरूको बैठक डाके। बैठकमा दिलीप वलसे पाटिल, हसन मुश्रीफ, छगन भुजबल, किरण लहमाटे, नीलेश लंका, धनञ्जय मुंडे, रामराजे निंबालकर, दौलत दरोदा, मकरंद पाटिल, एनुल बेनके, सुनील टिंगरे, अमोल मिटकारी, अदिति तटकरे, शेखर निकम, निलय नाइक, अशोक पवार, अनिल पाटिल, सरोज अहिरे उपस्थित थिए। बैठकपछि अजीत पवार आफ्ना समर्थक विधायकहरूसित राजभवन पुगेर विधानसभामा नेता प्रतिपक्षको पदबाट राजीनामा दिए। त्यसपछि पवारले राज्यपाललाई आफ्ना ३६ विधायकहरूको सूची राज्यपाललाई सुम्पिए। राजभवनमा साधारण समारोहमा राज्यपाल रमेश बैसले राकंपाका नौजना विधायकहरूलाई मन्त्री पदको शपथण दिलाए।
अजीत पवारले आज साढ़े तीन वर्षको अन्तरालमा तेस्रो पटक उपमुख्यमन्त्रीको पदको शपथ लिएका छन्। अजीत पवार सहित अन्य राकपाका नेताहरूको शपथ ग्रहणलाई शरद पवारले अमान्य ठहर गरेका छन्। एनसीपी प्रमुख पवारले भने, ‘मैले राम्रोसितले बुझ्न सकेको छुइनँ, अजीत पवारले यो बैठक किन डाकेका थिए, तर उनलाई बैठक डाक्ने अधिकार छ। शरद पवारले भने, जो आज गएका छन् उनीहरूमध्ये ८० प्रतिशत विधायकहरू पुनः राकंपामै फर्किनेछन्। यसैले अड़कल लगाइँदैछ कि राकंपाले यी सबै विधायकहरूमाथि पार्टीअन्तर्गत कारबाही गर्नसक्छ।
अर्कोतिर महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको भनाइ छ, ‘अब हामीसित एकजना मुख्यमन्त्री र दुईजना उपमुख्यमन्त्री छन्। डबल इञ्जिनको सरकार अब ट्रिपल इञ्जिन भएको छ। महाराष्ट्रको विकासको लागि म अजीत पवार र उनका नेताहरूलाई स्वागत गर्दछु। अजीत पवारको अनुभवले महाराष्ट्रलाई सश्कत बनाउनमा सहयोग पुऱ्याउनेछ। अजीत पवारले राज्यको विकासमा सरकारलाई साथ दिएका छन्। यसबाट राज्यको विकास अब बुलेट ट्रेनको वेगमा हुनेछ। उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले भने, राज्यमा एउटा भिन्नै प्रकारको विकासको राजनीति भइरहेको छ। विकासको नाममा अजीत पवार हामीसित आएका छन्। यसबाट राज्यको विकास अझ तीव्र गतिमा हुनेछl’ –हिस