नारी स्रष्टा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह ‘अनुस्मृति’ को दोस्रो संस्करणको क्याँफे रिलिज

IMG-20230702-WA0335.jpg

खरसाङ: नारी स्रष्टा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह ‘अनुस्मृति’ दोस्रो संस्करणको आज क्याँफे रिलिज गरिएको छ। यसै वर्षको मार्च महिनामा विष्णु ठकुरीद्वारा लिखित संस्मरण संग्रह अनुस्मृति पहिलो संस्करण खरसाङको दिलराममा लोकार्पण गरिएको थियो भने आज दोस्रो संस्करणको लोकार्पण गरिएको छ। उक्त दोस्रो संस्करणको लोकार्पण नेपाली दैनिक समाचार पत्र हिमालय दर्पणको खरसाङ शाखा कार्यालयमा लेखिका विष्णु ठकुरी, मिना लामा राई, द्वारिका छेत्री, तारा छेत्री, जितेन्द्र खवास अमूर्त, सञ्जीव छेत्री, अमीत सुब्बा विकल्प आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त क्याँफे रिलिज कार्यक्रमलाई स्रष्टा सञ्जीव छेत्रीद्वारा सञ्चालन गरिएको थियो भने हनोक थापा र नितेस राई पनि उपस्थित रहेका थिए। उक्त संस्मरण संग्रह अनुस्मृति दोस्रो संस्करणको क्याँफे रिलिज कार्यक्रममा उपस्थित सबैले पालैपालो वक्तव्य राखेका थिए। यस क्रममा मिना लामा राई, द्वारिका छेत्री, तारा छेत्री, जितेन्द्र खवास अमूर्त, अमीत सुब्बा विकल्प, नितेस राई, हनोक थापा, सञ्जीव छेत्री आदिले आफ्नो छोटो छोटो वक्तव्यमा संस्मरण संग्रह अनुस्मृति दोस्रो संस्करणको लागि लेखिका विष्णु ठकुरीप्रति बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। सबैले यति छिट्टो समयमा दोस्रो संस्करण प्रकाशित गर्न सफल भएकोमा विष्णु ठकुरीप्रति बधाई दिइएको थियो भने सबैले उनलाई वर्तमानमा अभिभावकको रूपमा रहेर साहित्य सिर्जनामा रहेको साथै सबैलाई माया र संरक्षण गरेर राख्दै आफ्नो कृतिको पनि दोस्रो संस्करण प्रकाशित गरेर सबैको प्रेरणाको स्रोत बनेको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै नारी स्रष्टा विष्णु ठकुरीले आफ्नो संस्मरण संग्रह अनुस्मृति पहिलो संस्करणपछि दोस्रो संस्करणमा विभिन्न क्षेत्रहरूबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले दोस्रो संस्करण विषयमा विस्तृत रुपमा जानकारी गराएका थिइन् भने दोस्रो संस्करणको क्याँफे रिलिज कार्यक्रममा उपस्थित हुने सबैप्रति ह्रदयबाटै धन्यवाद दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement