पैह्रौको चपेटमा परि मृत्यु हुनेहरू प्रति राज्यपालले जनाए शोक प्रकट

गान्तोक। आज राति रोङ्गेस्थित दोकान डाँडामा पैह्रौको चपेटमा परि मृत्यु भएको घटनालाई लिएर गहिरो शोक प्रकट गरेका छन्। उक्त घटनामा परि एकै परिवारका तीन जनाले प्राण गुमाएका छन्। पैह्रोको चपेटामा परेरा 27 वर्षीया डोमा शेर्पा र उनको दश वर्षीय छोरा आयुष र सात छोरा आरूषको मृत्यु भएको छ। राज्यपालले मृतकका परिवार प्रति संवेदना प्रकट गर्दै यस घडीमा ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून भनि कामना गरेका छन्। पीडित परिवारको दुःख कम गर्नको निम्ति कुनै शब्द नरहेको तर सरकारकोतर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने आफ्नो शोक सन्देशमा राज्यपालले उल्लेख गरेका छन्।

About Author

Advertisement