गैर-सरकारी संस्था ‘प्रकाश’द्वारा उत्तर बंगाल मेडिकल कलेज परिसरमा वृक्ष-रोपण

00-1-IMG-20230702-WA0197

सिलगढी: पश्चिम बंगाल राजस्व बिभाग द्वारा संगठित गैर-सरकारी संस्था ‘प्रकाश’ (पार्वतीय राजस्व अधिकारी कल्याण संस्था)द्वारा विश्व गुरु दलाई लामाको ८८वाँ जन्म उत्सवलाई छेक पार्दै उत्तर बंगाल मेडिकल कलेजको नर्सिंग छात्रावास अघि ‘प्रकाश-वाटिका’ निमार्ण गरेर विविध प्रजातिका वृक्षहरू जस्तै- जारूल, वाकुल, हरतिकी, मेगुनी, चिकाराशीका विरूवा रोपण गरियो। कार्यक्रमको प्रारम्भ संघका अध्यक्ष ज्ञानेन्द्र कालिकोटेको बाहुलीबाट दुईवटा वाकुल प्रजातिको बिरूवा आफ्नो स्वर्गवासी आमा-बाबुको नाममा वृक्ष रोपन गरियो। उक्त कार्यक्रममा संघका सह-सचिवा दोर्जे लामु भोटिया, सदस्य श्रीमती पुनम परियार, साग्मुं योञ्जन तथा थिकनीकटा अवस्थित ‘थस्` गैर-सरकारी संस्थाकी संस्थापिका श्रीमती संगीता शेर्पालगायत धेरै स्वयं सेवीहरूको उपस्थिति थियो।

उक्त कार्यक्रमलाई सफल बनाउनको निम्ति धेरैले दलाई लामाको दिर्घायु एवं आफ्ना मृतवासी आफन्तहरूको स्मृतिमा वृक्ष-रोपण हेतु अनुदान प्रदान गरेर सहयोग पुर्याएका थिए। यसपल्ट दुई हजार वर्गफीट जमीनभित्र प्रकाश-वाटिका निर्माण गरेर गुणस्तर बिरूवा रोपन गरेर पर्यावरण संरक्षणको कार्यक्रम तर्फ लागेको अवगत ‘प्रकाश’ परिवारका महसचिव पासाङ भोटिया द्वारा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement