बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः हर्सिंग फूटबल क्लब सजिलै विजयी

IMG-20230702-WA0297.jpg

२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा हर्सिंग फूटबल क्लबले सजिलै म्याच जित्यो। स्थानीय लेबोंग स्टेडियममा आइतवार खेलिएको म्याचमा हर्सिंग फूटबल क्लबले तरुण खेलकुद संघलाई ४-१-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट अल्विन गुरुङ, केवल थापा, साइमन तामाङ र सञ्जीव गजमेरले गोल गरे।

यसरी तरुण खेलकुद संघबाट राजीव राईले १ गोल गरे। यस म्याचमा रेफरीको भूमिका रमेश राईले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा उज्ज्वल राई र रेमण्ड तामाङ थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement