सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः माउण्ट हर्मन बोइज क्लब विजयी

photocollage_202372174728201.jpg

२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा माउण्ट हर्मन बोइज क्लबले आफ्नो म्याच जित्यो। लेबोंग स्टेडियममा आइतवार खेलिएको दिनको पहिलो म्याचमा माउण्ट हर्मन बोइज क्लबले एडमायोरा इलेभेनलाई ४-२-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट प्रणीत पाख्रीन, साइदीप थापा, अभिमन्यु राई र सिद्धान्त राईले गोल गरे। यसरी एडमायोरा इलेभेनबाट आकाश सुब्बाले २ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement