पाकिममा आजदेखि ‘हर घर दस्तक’ अभियान शुरू

गान्तोक। जिल्लामा कोविड-१९ टीकाकरणलाई गति प्रदान गर्न पाकिम जिल्लामा आजदेखि ‘हर घर दस्तक’ अभियान शुरू गरिएको छ। यस अभियान अन्तर्गत प्रत्येक व्यक्तिको घर घर गएर योग्य व्यक्तिहरूलाई कोविडको पहिलो, दोस्रो अनि सावधानी खुराक सुनिश्चित गर्ने गरिन्छ।

हर घर दस्तक टीकाकरण अभियान मिशन इन्द्रधनुषको सफल रणनीतिबाट प्रेरित अभियान हो, जसमा परिचालन, सचेतना र खोप गतिविधिहरू सामेल रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement