जलपाइगढीः पछिल्ला केही दिनयता तरकारीको मूल्य आकाश छोएको छ। परवल – ६०–८० रुपियाँ प्रतिकिलो, झिँगा ५० रुपियाँ प्रतिकिलो, काँक्रो १ टुक्रा ५० रुपियाँ, कद्दू ४० रुपियाँ, बैंगन ५०/६० रुपियाँ, अदुवा २५०–३०० रुपियाँ प्रतिकिलो, हरियो प्याज २५० रुपियाँ प्रतिकिलो, टमाटर १२० रुपियाँ प्रतिकिलो किलोमा बिक्री भइरहेको छ। तरकारीको भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन्। तर मनसुनका कारण तरकारीको आयात कम भएको बिक्रेता बताउँछन्। त्यही भएर भाउ बढेको हो। अर्कोतर्फ यहाँ सर्वसाधारणले बजार काटिरहेका छन्। उजुरी आएपछि जिल्ला पुलिस कार्यलयका अधिकारीले कारबाही थालेका छन्। तरकारीको भाउबारे छानबिन भइरहेको अधिकारीहरूले थोक व्यापारीहरूसँग किन भाउ बढ्यो भन्ने जान्न चाहन्छन्। डीईबीका अधिकारीहरूले पनि खुद्रा विक्रेताहरूसँग कुरा गरिरहेका छन्। पुलिसले आइतबार जलपाइगढीको मुख्य बजार डे मार्केटमा छापा मारेको छ।