गान्तोकः विद्या भारती सिक्किम अन्तर्गत उत्तर जिल्लाको तिबुक स्थित “सरस्वती संस्कार केन्द्र “मा आज एक समन्वय बैठक सम्पन्न भएको थियो। यस बैठकमा १३ जना विद्यार्थीगण , १५ जना अभिभावकगण तथा स्थानीय शुभ चिन्तक एवं अन्य नागरिक जम्मा ३४ जनाको उपस्थिति रहेको थियो। यस कार्यक्रममा प्रथममा अतिथिद्वारा द्वीप प्रज्ज्वलन गरियो। त्यस पछि स्वागत भाषणबाट कार्यक्रम प्रारम्भ भयो। संस्कार केन्द्र उत्तर जिल्लाको अध्यक्ष अजित लिम्बुको दिवसीय अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि तिबुक-मंसिला ग्राम पंचायत केन्द्रकी अध्यक्ष मंगल माया लिम्बु थिइन्। यसै गरी विशिष्ट अतिथीमा पूर्व पञ्चायत दिल्ली राम लिम्बु रहेको थियो।विद्या भारतीले शिक्षा एवं अन्त धेरै शैक्षिक-सामाजिक कार्य गरेकोमा खुशी व्यक्त पनि मुख्य अतिथिले आफ्नो सम्भाषणम् राखेका थिए। विद्या भारती सिक्किमको कार्य एवं उत्तर जिल्लामा गत ३-४ वर्ष देखि कार्य संस्कार केन्द्रद्वारा प्रारम्भ गरेको र केन्द्र ले अहिले सम्म गरेका समाजमुखी कार्य को उल्लेख विद्या भारती सिक्किम का संयोजक मोहन शर्माले गरे। सबै महानुभावहरूको उपस्थित अभिभावक एवं अन्य को विचार मा एसतो खेलको सामाजिक कार्य एवं संस्कारयुकत शिक्षा, सेवा एवं संगठन को जरूरी आफ्नो विचार राखे। विद्या भारत सिक्किम कार्यालय का सहकारी लिला शर्मा पनि साथमा थिए।
सरस्वती संस्कार केन्द्र का सचिव एवं स्थानीय समाज सेवक सक्रिय कार्यकर्ता राज बहादुर लिम्बुद्वारा संचालन गरेका थिए्। भविष्यमा विद्या भारतीको कार्य यो क्षेत्रमा अझ वृद्दि गराउन र यसको प्रसार प्रचार गर्ने विषयमा आजको बैठकमा चर्चा गरियो।