दार्जीलिङ: आफ्नो गाउँ र आफ्नो ठाउँको निम्ति केही गर्छु भन्ने सोच र जाँगर भएकी समिना राई लाई भोट दिने हाम्रो पार्टीको समष्टि संयोजक एंव केन्द्रीय कमिटि सदस्य अनित सुब्बाले अनुरोध गरेको छ। आगमी ८ जुलाईको दिन मतदान हुन गई रहेको पंचायत चूनावमा रैलिङ कैजले समष्टि अन्तर्गत रेलिङ ग्राम पंचायतको वार्ड नम्बर ८, ९ बाट हाम्रो पार्टीले समिना राईलाई चूनावी मैदानमा उतारेका छन। हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य एंव समष्टि संयोजक अनित सुब्बाले समिना राई एक समाज सेवी हुनको साथ साथै एक शिक्षित युवती हुन। उनको मन मस्तिकमा आफ्नो गाउँ र आफ्नो ठाउँको निम्ति केही गर्ने सोच र जाँगरहरू रहेको देखेर नै हामीले उनलाई चूनावी मैदानमा उतारेका हौ तिनले भने। समिना राईको पिता पूर्खाहरू पनि समाज सेवी हुन एंव थिए अनि उनको पिता पूर्खाहरू जस्तै आफ्नो गाउँ र आफ्नो ठाउँको निम्ति केही गर्छु भन्ने सोच र जाँगरहरू रहेको देखेर नै हामीले उनलाई चूनावी मैदानमा उतारेका हौ अनि हामी समस्त गाउँबासीहरूलाई यस्तै शिक्षित, समाज सेवी साथै गाउँ र ठाउँको लागि केही गर्छु भन्ने सोच र जाँगर भएकालाई नै हामीले काम गर्ने मौका दिनु पर्छ सुब्बाले भने। तिनले अधि भने चूनावमा तपाईको मत कसलाई दिने त्यो तपाईको मौलिक अधिकार हो अनि तपाईहरू को मौलिक अधिकारलाई हामी हस्तक्षेप गर्दैनौ तर आफ्नो गाउँ र आफ्नो ठाउँको लागि केही गर्छु भन्ने समिना राईलाई एक चोटी मौका दिनु होस भन्ने हाम्रो अनुरोध मात्र हो सुब्बाले भने। त्यसरी नै हाम्रो पार्टीको उम्मेद्वार समिना राईले आफ्नो गाउँ र ठाउँहरूको उत्थान र विकाशको निम्ति हामी युवाहरू अधि आउँन पर्छ। हामी ग्रामिणबासीहरूले भोग्दै आएका समस्याहरू मैले मेरै आखाँले देखेको छु,ती समस्याहरूदेखि आफ्नो गाउँ र आफ्नो ठाउँलाई कसरी उन्मुक्ति दिलाउँने सही समय आएको छ अनि हामीले यो सुअवसरलाई गुमाउँन हुदैन राईले भने।