दार्जीलिङ: हाम्रो चूनावी संघर्ष भागोप्रमो विरूद्व कदापी होइन तर उनीहरूको काँधमा बन्दुक राखेर पडकाउँने शक्ति विरूद्व हो भन्ने मनतब्य हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले पोखेको हो। तकभर समष्टि अन्तर्गत सिंगला चिया कमानमा आज गोर्खा जनमुक्ति मोर्चाले गोर्खा संयुक्त गठबन्धनको चूनावी सभाको आयोजना गरेको थियो। आयोजित चूनावी सभामा मोर्चा केन्द्रीय अध्यक्ष विमल गुरूङ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टीको पक्षबाट पार्टी केन्द्रीय सांगठनिक सचिव विक्रमादि राई लगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।आयोजित चूनावी सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले पहाडमा सम्पन्न हुन गई रहेको पंचायत चूनावमा हाम्रो चूनावी संघर्ष भागोप्रमोसंग होइन तर उनीहरूको काँधमा बन्दुक राखेर पडकाउँने जो राजनैतिक शक्ति छन, उनीहरू विरूद्व हाम्रो संघर्ष रहेको छ। तिनले अझ भने चूनाव जित्नलाई धेरै धेरै झूठो प्रलोभनहरू देखाउँने गरेेको द्वश्यहरू पनि हामीले देख्दैछौ तर हामीले यो चूनाव भागोप्रमो विरूद्व लडेको होइन तर उनीहरूको काँध बन्दुक राखेर पडकाउँने जो राजनैतिक शक्ति छन उनीहरू विरूद्व हाम्रो यो चूनावी लडाई हो राईले भने। तिनले अधि भने भागोप्रमोको काँधमा बन्दुक राखेर पडकाउँने जो राजनैतिक शक्ति छन उनीहरूले हामी गोर्खाहरूलाई जहिले पनि कोल्टे नजरले हेर्ने गर्छन,त्यो राजनैतिक शक्ति विरूद्व हाम्रो संघर्ष रहेको छ। तिनले अधि भने हामी जातिया अस्तित्वको संघर्षमा छौ तर हरि लठक्कहरूलाई जातिया अस्तित्व बारे कुरा गर्न बेकार छ राईले भने। तिमी पनि गोर्खा नै हो तर अरूले जे जे भन्छ त्यो तिमी नमान, गोर्खा जातिया अस्तित्वको बारेमा पनि सोच्ने गर विक्रमादि राईले भने।