सासंदमाथि हमला भएको होइन तर प्रोटेस्ट भएको हो किनभने लोकतन्त्रमा प्रोटेस्ट गर्नु पाउँछ: अनित थापा

IMG-20230702-WA0263.jpg

खरसाङ: सांसद राजु विष्टमाथि हमला भएको भन्दै भारतीय जनता पार्टीले गरिरहेको विरोध विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले त्यो हमला होइन तर प्रोटेस्ट हो भनी बताएका छन्। उनले खरसाङको गौरी शंकर चियाबारीमा सम्पन्न एक चुनावी सभालाई सम्बोधन गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै पोख्रोबुङमा भएको घटना हमला होइन तर केवल प्रोटेस्ट हो किनभने राजु विष्टले सय दिने रोजगारको पैसा रोकेर राखेको भनेकोले हाम्रो कार्यकर्ताहरूले प्रोटेस्ट मात्र गरेको हो अनि लोकतन्त्रमा सबैले प्रोटेस्ट गर्न पाउँछ भनी बताएका छन्। अनित थापाले सांसद राजु विष्टले पुलिसमा एफआईआर गर्नु उनीहरूको अधिकार हो र पुलिसले छनबीन गर्छ तर त्यो हमला नभएर प्रोटेस्ट हो भनी बताएका छन्। उनले भने, लोकतन्त्रमा प्रोटेस्ट गर्नु पाएन भने लोकतान्त्रिक प्रणाली नै हराएर जानेछ। गवर्नरले त लोकतन्त्रमा प्रोटेस्ट गर्नु पाउँछ भनेको छ। हाम्रो लिडरहरूले सिक्नुपर्छ। नेता भएपछि प्रोटेस्ट सहनुपर्छ। खदामाला र जय जयकार मात्र हुँदैन। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा अाज आफ्नो चुनाव प्रचारको क्रममा खरसाङ गिध्द पहाड़ समष्टिको गौरी शंकर चियाबारी पुगेका थिए। उक्त चुनावी सभापछि पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले यसपालीको पञ्चायत चुनावमा पार्टीको नै प्रतिनिधिहरू टिकट नपाएर निर्दलीय प्रार्थीको रूपमा चुनाव लड़िरहेका छन् भनी बताउँदै सबैजना मेरोमा नै आउँछ र उनीहरू सबैजना आफ्नै हो र हामी जितेर आएको खण्डमा स्वीकार पनि गर्छौं भनी बताएका छन्। उनले एक प्रश्नको उत्तरमा भने, ‘मैले नै भागोप्रमोलाई भोट दिन्दैन भने निर्दलीय प्रार्थीहरूलाई दिनु तर भारतीय जनता पार्टीलाई भोट नदिनु भनेको छु किनभने भाजपाले गोर्खाहरूको लागि केही गरेको छैन। यसपाली कसैले भोट दिएन भने गोर्खाहरूका लागि केही गर्छ कि भन्ने लागेको छ। यसपालीको पञ्चायत चुनावपछि गिध्द पहाड़को पार्टीको कमिटी सबै नयाँ गठन गर्नेछौं। यसको साथै अन्य क्षेत्रको पनि रिपोर्ट लिएर त्यही अनुसार कार्य गर्नेछौं।’
पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा अनित थापाले यसपालीको पञ्चायत चुनावमा भागोप्रमोले अवश्यै जित्ने दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement