घरमै अनलाइन जुवा क्लब चलाउने २ जना अभियुक्त पक्राउ

f23ec3b8-dc8c-45f3-baed-42d79adf7c1d

सिलगढी: प्रधाननगर थानाको पुलिसले अनलाइन जुवा क्लबमा छापा मारेर २ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैलाई आइतबार दिउँसो सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो। सिलगढीको प्रधाननगर थानाको पुलिसलाई गोप्य स्रोतबाट जानकारी प्राप्त भयो कि समरनगर बटला क्षेत्रको एक घरमा अनलाइन अवैध जुवा चलिरहेको छ। सूचना पाएलगत्तै पुलिसले शनिबार राति नै घरमा छापा मारेको थियो। प्रधाननगर पुलिस चौकीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनाको नाम रञ्जन चक्रवर्ती र सुजित चौधरी रहेको छ। पुलिस स्रोतका अनुसार रञ्जन समरनगर बटला क्षेत्रका र सुजित चौधरी सिलगढी राजीव नगर क्षेत्रका निवासी हुन्। यस विषयमा अनुसन्धान भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement