२ जुलाईः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा हिल्स फूटबल एकाडमी, खरसाङले कलेज भेल्लीलाई २-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा मुण्डा बाँसघारी फूटबल क्लब (एमबीएफसी)-ले शिरुबारी फूटबल क्लब, खरसाङलाई १-०-ले पराजित गऱ्यो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।