भारत साफ च्याम्पियनशीपको फाइनलमा

IMG-20230701-WA0311.jpg

१ जुलाईः भारतले साफ फूटबल च्याम्पियनशीपको फाइनलमा स्थान बनायो। शनिवार खेलिएको टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा आयोजक भारतले लेबनानलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। बेंगलुरुको कान्तीर्वा स्टेडियममा खेलिएको म्याचमा नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि अतिरिक्त समयको खेलमा पनि कुनै गोल नहुँदा पेनल्टी शूटआउटको सहारा लिइयो। भारतलाई फाइनलमा पुऱ्याउनमा गोलकीपर गुरप्रीत सिंह संधूको महत्त्वपूर्ण भूमिका रह्यो।

गुरप्रीतले म्याच र पेनल्टी शूटआउटमा केही असाधारण शेभ गरे। भारतले ४ जुलाईको दिन खेलिने फाइनलमा कुवैतको सामना गर्नेछ। आज खेलिएको अन्य एउटा सेमिफाइनलमा कुवैतले बंग्लादेशलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement