मन्त्री लामा १७औं इण्डियन कोअपरेटिभ कांग्रेसमा सहभागी

si-8

गान्तोकः राष्ट्रिय राजधानी नयॉं दिल्लीमा आयोजित १७औं इण्डियन कोअपरेटिभ कांग्रेसमा सिक्किम सरकारका सहकारिता विभाग मन्त्री सोनाम लामा र विभागकी आयुक्त एवं सचिव यशोदा भण्डारी सहभागी बने। कार्यक्रमको उद्घान देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। कार्यक्रममा केन्द्रिय सहकारिता मन्त्री अमित शाह पनि उपस्थित थिए।

दुई दिवसीय १७औं इण्डियन कोअपरेटिभ कांग्रेसको आयोजना नेशनल कोअपरेटिभ यूनियन अफ् इण्डियाले गरिरहेको छ। यस कार्यक्रमको विषय अमृतकालः जीवन्त भारतका लागि सहकारिताद्वारा समृद्धि रहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement