गान्तोकः एसडीएफ विद्यार्थी मोर्चाले नाम्ची सरकारी महाविद्यालयको एसआरसी अध्यक्ष स्व. पदम गुरूङको निधनलाई लिएर दक्षिण सिक्किमका डीएसपीलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा एसडीएफ विद्यार्थी मोर्चाले स्व. गुरूङको निधनको सम्बन्धमा विस्तृत जॉंचको माग गरेको छ।
ज्ञापन पत्रमा विद्यार्थी मोर्चाले स्व. गुरूङको निधनका कारणहरू गम्भीर चिन्ताको विषय रहेको बताएको छ। उनका परिवारसमेत पोस्टमार्टम रिपोर्टप्रति असन्तुष्ट रहेको कुरा मिडियामा अघि आएको ज्ञापनमा उल्लेख छ। मानिसहरूले स्व. गुरूङका शरीरमा लागेका चोटहरूलाई लिएर शंका व्यक्त गरिरहेको विद्यार्थी मोर्चाले जनाएको छ।
यस अतिरिक्त एसडीएफ विद्यार्थी मोर्चाले विगतका दिनहरूमा घटेका घटनाहरूको उल्लेख गर्दै विद्यार्थीहरूको आश्चर्यजनक स्थितिमा भइरहेको मृत्युका कारण मानिसहरू चिन्तित रहेको बताएको छ। मोर्चाले पुलिस समक्ष सम्पूर्ण जॉंच रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गर्दै आफ्नो माग पूरा नभएको खण्डमा न्याय माग्न सम्बन्धित निकायकहॉं जाने बताएको छ।
-हिस