सिक्किम प्रीमियर डिभिजन लिगमा कुमार स्पोर्टिङ एफसीको पहिलो जीत

img_20230701_wa0049_427

गान्तोकः राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको प्रोबो सिक्किम प्रीमियर डिभिजन लिगमा कुमार स्पोर्टिङ एफसीले आफ्नो पहिलो जीत दर्ता गरेको छ। स्पर्धाको आज छैटौं दिन खेलिएको एक म्याचमा कुमार स्पोर्टिङ एफसीले प्रतिद्वन्दी दललाई ७-० गोलले पराजित गऱ्यो।

विजयी दलका खेलाडी आशिष छेत्रीलाई म्यान अफ् द म्याच चयन गरियो। आज आयोजक संस्था सिक्किम फुटबल एसोसिएशनका महासचिव फुर्बा शेर्पा, कोषाध्यक्ष सुशन तामाङ आदि उपस्थित थिए।

-हिस

About Author

Advertisement