गान्तोकः राज्यको वन विभागको पहलमा आज सिक्किम पर्यावरण पर्व पालन गरियो। आजदेखि शुरू भएको यस पर्व आगामी १४ जुलाईसम्म निरन्तर पालन गरिने छ भने यस पर्वको शुरूवात राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले गरे। दक्षिण जिल्लाको जोरथाङ खेल मैदानमा आयोजित ग्वाला दिवसको अवसरमा मुख्यमन्त्रीले हस्ताक्षर गरेर उक्त पर्वको विधिवतरूपमा शुरू गरेका हुन्। यो बृहत् पहलले ग्रहको संरक्षण र दिगो विकास गर्ने मानिसहरूलाई प्रतिबद्धत गराउने छ। यसले वातावरणमा देखिएको चुनौतीहरूलाई सम्बोधन गर्ने र हाम्रा प्राकृतिक स्रोतहरूको जिम्मेवारी प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
आगामी पन्ध्र दिनसम्म निरन्तर बिरुवा निःशुल्क वितरण, ठूला मात्रामा वृक्षारोपण, लोपोन्मुख प्रजातिको संरक्षण, सरसफाई अभियान, एकल प्रयोग हुने प्लास्टिकको प्रयोगलाई नियन्त्रण साथै प्रवर्द्धन गर्ने जस्ता धेरै नवीन र प्रभावकारी पहल गर्ने योजना रहेको छ। यस कार्यक्रमलाई सफल र अझ आकर्षकरूपमा व्यवहारमा ल्याउनको निम्ति निवन्ध, कविता प्रतियोगिता, जीवनशैली, फोहोर प्रवन्धन, पर्यावरण ऱ्याली आदि आयोजना गरिने भएको छ। पन्ध्र दिवसीय यस कार्यक्रमको समापन आगामी १४ जुलाईको दिन मेरो रूख मेरो सन्नति अन्तर्गत सन्तती सप्ताह भव्यरूपमा हुने जानकारी गराएको छ। सन्तति सप्ताह कार्यक्रम अनुसार एउटा नानी जन्मेको खण्डमा १०८ वटा विरूवा रोप्नु पर्नेछ।
-हिस