एसटीएफले अवैध टेलीफोन एक्सचेञ्जमा छापा माऱ्यो

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले उत्तर चौबीस परगना जिल्लाको बारासात र दत्तपुकुरमा धेरै ठाउँ छापा मारेर अवैध टेलीफोन एक्सचेञ्जको पत्तो लगाएको छ। यहाँबाट एक्सचेञ्ज चलाउऩे उपकरण दुई सिमबकस मशीन जफत गरिएको छ। यस मामिलामा दुई व्यक्तिलाई पनि पक्राउ गरिएको छ।

एसटीएफका एसपी इन्द्रजीत बसुले शनिवार जानकारी गराए, स्पेशल टास्क फोर्सको टीमद्वारा बारासात र दत्तपुकुर थाना क्षेत्रमा केही विशिष्ट स्थानहरूमा ठोस सूचनाको आधारमा छापा मारियो। त्यहाँ अवैध सिमबक्सको उपयोग भइरहेको थियो। छापामारीमा मोहम्मद कलीमुल्लाह र सलीमुल्लाह (बाबू-छोरा) लाई पक्राउ गरियो। घटनास्थलबाट दुई बिमबक्स, ४० (चालीस) प्रीएक्टिवेटेड सिम कार्ड, दुई राउटर र अन्य सहायक उपकरण उद्धार गरियो।

दुवै आरोपितलाई पुलिस रिमान्डको निम्ति एसीजेएम बेरकपुर समक्ष पेश गर्नका साथै एयरपोर्ट थानामा मामिला दर्ता गरिएको छ। आरोपितहरूसित सोधपुछ जारी राखिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement