नक्सलबारी: नक्सलबारीको भारत नेपाल सिमानाबाट तस्करी गर्न अगावै २१ वटा बाख्रा सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पछि आज सिलगढी अदालतमा पेश गरियो।पक्रा परेकाहरूमा नक्सलबारीको तोताराम जोत निवासी समिर शेखर मोहम्मद बाबुल सामेल छन्। प्राप्त जानकारी अनुसार एसएसबी ८ नम्बर बटालियनका जवानहरूले भारत-नेपाल सिमाना अन्तर्गत नक्सलबारीको बडामनिराम जोतबाट २१ वटा बाख्रा सहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिले अवैध रूपमा उक्त बाख्राहरू नेपालबाट भारतमा तस्करी गरिरहेको थियो । एसएसबीले पक्रा परेका दुई जना तस्करलाई नक्सलबारी पुलिसलाई सुम्पिदिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।