१ जुलाईः साल १९७५ र १९७९-मा भएको पहिलो दुईवटा संस्करणमा च्याम्पियन हुने वेष्ट इण्डिज क्रिकेट टीम यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति क्वालीफाई गर्न असफल भयो। यसरी क्यारेबियन टीमलाई पहिलोपल्ट वनडे वर्ल्ड कपमा देखिनेछैन। टीमले यसपाली क्वालीफाईंग राउण्डको वाधा नै पार गर्न सकेन। जिम्बाब्वेमा जारी क्वालीफाईंग टुर्नामेण्टको सुपर सिक्स राउण्डमा वेष्ट इण्डिजले स्कटल्याण्ड विरुद्ध ७ विकेटले हारको सामना गर्नु पऱ्यो। वेष्ट इण्डिजको हारले श्रीलंका र जिम्बाब्वेको निम्ति वर्ल्ड कपमा क्वालीफाई गर्ने बाटो खोलियो। वेष्ट इण्डिजको निम्ति गत केही साल आईसीसी आयोजनहरूमा निराशाजनक रहेको छ। टीमले २०२२-को टी२० वर्ल्ड कपमा पनि क्वालीफाई गर्न सकेको थिएन। अब भारतमा यस हुने वनडे वर्ल्ड कपमा पनि टीमलाई देखिनेछैन। हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिज ४३.५ओभरमा केवल १८१ रन बनाएर अलआउट भयो।

केवल ३० रनमा शीर्ष ४ विकेटको पतनपछि वेष्ट इण्डिजले म्याचलाई उम्कायो। तल्लो क्रममा जेसन होल्डरले ४५ र रोमारियो शेफर्डले ३६ रन बनाएर टीमलाई १८१-को स्कोरसम्म पुऱ्याए। जवाफमा स्कटल्याण्डले ३९ बल बाँकी रहँदै १८५ रन (३ विकेट) बनाएर म्याच जित्यो। ओपनर म्याथ्यू क्रसले अविजित ७४ र ब्रेण्डन म्याकमुलेनले ६९ रन बनाए।