चुनाव प्रचार गर्दै तकदाह ग्लेनवर्ण समष्टि पुगे भागोप्रमो अध्यक्ष अनित थापा

IMG-20230701-WA0286.jpg

क्षेत्रीयता भागोप्रमोले मात्र बचाउन सक्छ: अनित थापा

दार्जिलिङ: पञ्चायत चुनावको लागि ग्लेनबर्न समष्टिमा पुगेका छन् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा। यसावधि उनले भने, ‘जीटीए चुनावको समय हामीले पञ्चायती व्यवस्था फर्काउने जुन वचन दिएका थियौं त्यही वचन अनुसार पञ्चायत चुनाव गराई छाड्यौ। मतदाताहरु सचेत भएनन् भने विकासको गतिमा ढिल्याई आउनेछ। विकासको कार्य अनित थापाले गरेको होइन, जनताको ट्याक्सले गरिएको हो। मैले त केवल पहल मात्र गरेको हुँ।विगतको नेताहरुले नरियल मात्र फुटाए तर काम गरेनन्। त्यही काम नगरेको कारण जनताले नेताहरु माथि विश्वास हराएका हुन्।’
भागोप्रमो अध्यक्ष अनित थापाले अघि भने, ‘जीटीए चुनावमा हामी यहाँ हार्यौ कारण हामीभित्र नै फुट्यौं। जनताले त हामीलाई भोट दिनु भएकै हो। क्षेत्रीयता बचाउनु हो भने र हाम्रो आवाजलाई बचाउनु हो भने बीजेपीलाई भोट पटक्कै नहाल्नु होस। भागोप्रमोले मात्र क्षेत्रीयता बचाउनेछ। यो पञ्चायत चुनाव भनेको आफ्नो गाउँलाई आफै सजाउने चुनाउ हो यो। सही उम्मेदवारलाई भोट दिनुहोस। पञ्चायत चुनावमा हाम्रो जीत हुनु भनेको हाम्रो सोच स्थापित हुनु हो।’
उनले अझ भने, ‘चुनाउ आउँछ अनि जान्छ तर शान्ति कायम राख्नु पर्छ। भोट हाल्ने सबैको अधिकार छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement