जाति र पहाडको हितमा काम गर्न सक्ने हामीले हाम्रो पार्टी मात्र पायौं: गुरूङ
दार्जिलिङ: चुनावको मुखैमा चुङथुङ मेरीबुङ तामसाङ समष्टिबाट भागोप्रमो पार्टी त्यागेर हाम्रो पार्टीमा सामेल भएका छन्। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत वार्ड नम्बर १ को नाली डाँडा, बराटार, डाँडा गाउँ आदि क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता एंव समर्थकहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै पार्टीमा सामेल भएका छन्। शहरको माल रोडस्थित पीकोठी हाम्रो पार्टीको कार्यालयमा एक सांगठनिक सभा सम्पन्न भयो। सभामा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै पूर्व चेयरम्यान रितेश पोर्तेल, हाम्रो पार्टी युवा एकाई महकुमा संयोजक राप्गे राई आदि उपस्थित रहेका थिए। त्यसरी नै हाम्रो पार्टीको चुङथुङ मेरीबुङ समष्टि अध्यक्ष घले साहेब, सचिव विशाल दर्नाल आदि उपस्थित थिए। आयोजित सांगठनिक सभामा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत वार्ड नम्बर १ को नाली डाँडा, बराटार, डाँडा आदि क्षेत्रका भागोप्रमोको कार्यकर्ता एंव २५ परिवारहरूले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै पार्टीमा सामेल भएक बताइएको छ।

पार्टी केन्द्रीय उपाध्यक्ष रोबर्ट छेत्रीले पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सुम्पिए। हाम्रो पार्टीको झण्डा समाएपछि विश्वास गुरूङले दार्जीलिङ पहाडमा धेरै राजनैतिक पार्टी अनि नेतृत्वहरू को जन्म भई सकेको छ तर आजसम्म कुनै पार्टी र नेताहरूले पहाड र गोर्खा जातिको निम्ति कुनै प्रकारको हितार्थ कामहरू गरेका छैनन तर हामीले विगत धेरै दिनहरूदेखि हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सको कार्य शैलीहरूलाई अध्यान गर्दै आई रहेका थियौ अनि हामीले हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सले मात्र पहाड र गोर्खा जातिको हितमा काम गरेका देख्यौ साथै पायौ, त्यसकारण हामीले हाम्रो पार्टीमा सामेल भएर पहाड र गोर्खा जातिको हितमा काम गर्ने संकल्प लिएका हौ गुरूङले भने।यसरी नै हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले पहाड र गोर्खा जातिको हितमा एकबद्व हुने आह्वान गर्दै अब हुने पंचायत चुनावमा जनताको राज ल्याउनुपर्छ भने।