विशाल आकारको अजिङ्गर देख्दा हल्लाखल्ला

कालचिनी। सोमबार राती प्रायः १० बजी कोदालबस्ती रेञ्ज संलग्न मलङ्गी लजको गेटमा एउटा विशाल आकारको अजिङ्गर देख्दा प्रत्यक्षदर्शीहरु रोमाञ्चित बनेको थियो भने धेरै मानिसहरु आतङ्कित पनि बनेको थियो।
गत ६ र ७ जुनको दिन मात्र मुख्यमन्त्री ममता ब्यानर्जी बसेकी मलङ्गी लजको गेटमा सोमबार राती प्रायः १० बजी प्रायः २० फूट लामो विशाल आकारको अजिङ्गरलाई देख्दा मानिसहरु अचम्भित बनेको थियो।

घटनास्थलमा कोदालबस्ती रेञ्जका बनकर्मीहरु पुगेर उक्त अजिङ्गरलाई उद्धार गरेर सुरक्षित जङ्गलमा लगेर छोड़िदिएको बन विभागले जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *