कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी औंठी लगाएर भर्चुअल माध्यमले कोर्टमा पेश हुनलाई लिएर जेल कोड कन्डक्टको उल्लङ्घनको गम्भीर आरोप लागेको थियो।
अब यस मामिलामा प्रेसीडेन्सी जेल अधीक्षक विरूद्ध लिखित शिकायत दर्ता गराइएको छ। जेल अधीक्षक देवाशीष चक्रवर्ती विरूद्ध अरू कोही नभएर राज्य सरकारको कारागार विभागले कर्तव्यमा लापरवाहीलाई लिएर शिकायत दर्ता गराएको छ। कारागार विभागका डीआईजीले यो लिखित शिकायत दिएका छन्, जसपछि कोलकाता पुलिस अन्तर्गत हेस्टिङ थानाले यसलाई प्राथमिकीमा परिणत गर्ने प्रक्रिया शुरू गरेको छ।
पब्लिक प्रोसिक्यूटर दीपंकर कुन्डू अनुसार, न्यायालयले नै यस मामिलामा प्राथमिकी दर्ता गर्ने आदेश दिएको थियो। त्यही अनुसार कारागार विभागका डीआईजीले जेल सुपर विरूद्ध हेस्टिङ थानामा लिखित शिकायत गरेका छन्।
-हिस