कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको सुरक्षालाई लिएर कलकत्ता हाईकोर्टले सख्ती देखाएपछि ८० हजारभन्दा धेरै केन्द्रिय बलहरूको तैनातीको आदेश आएको छ तर शनिवार चुनाउ आयोगले एक अधिसूचना जारी गरी राज्यमा ०८ जुलाईमा मतदानको दिन मतदान केन्द्रहरूमा केन्द्रिय बलहरूका जवानहरू तैनात नहुने भनी स्पष्ट गरेको छ। त्यहाँ राज्य पुलिसका जवानहरूले नै मतदान गराउनेछऩ्, जसलाई लिएर विवाद पनि शुरू भएको छ।
चुनाउ आयोगले जुन अधिसूचना जारी गरेको छ, त्यसमा स्पष्ट गरिएको छ कि केन्द्रिय बलका जवानहरूलाई केवल रूट मार्च र नाका चेकिङको काममा लगाइनेछ। माकपा र कांग्रेसले चुनाउ आयोगको यस फसेला विरूद्ध कलकत्ता हाईकोर्टमा एक पल्ट फेरि अपील गर्ने स्पष्ट गरेको छ।
यसलाई लिएर प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले भने, चुनाउ आयोग निश्चित रूपमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको इशारामा काम गरिरहेछ। कलकत्ता हाईकोर्टको सख्ती भएपनि यस प्रकारको अधिसूचनाले आयोगको निष्पक्षतामाथि प्रश्न चिह्न खड़ा गर्दछ। पार्टीले यस विरूद्ध एक पल्ट फेरि हाईकोर्टको दैलो ढकढकाउनेछ।
-हिस









