लुसाने डायमण्ड लीगमा स्वर्ण पदक जिते नीरजले

IMG-20230701-WA0271.jpg

१ जुलाईः मांसपेशीको चोटबाट मुक्त भएर खेलमा फर्किने नीरज चोपड़ाले एकपल्ट फेरि चमत्कारी प्रदर्शन गर्दै इतिहास रचे। उनले प्रतिष्ठित डायमण्ड सीरीजको लुसाने चरणमा पुरुषहरूका ज्याभलिन थ्रो प्रतियोगितामा खिताब जिते। नीरजले ८७.६६ मीटरको थ्रो गरी शीर्ष स्थान हासिल गरे। यसरी नै जर्मनीका जूलियन वेबर ८७.०३ मीटरको थ्रो गरी दोस्रो स्थानमा रहे। तेस्रो स्थान हासिल गर्ने चेक रिपब्लिकका याकूब वादलेज्चेले ८६.१३ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। यस साल नीरजको यो दोस्रो स्वर्ण पदक हो। यसअघि उनले दोहा डायमण्ड लीगमा पनि स्वर्ण पदक जितेका थिए। २५ वर्षीय नीरजले पाँच मईको दिन दोहा डायमण्ड लीगमा ८८.६७ मीटरको थ्रो गरेका थिए। त्यसपछि उनको मांसपेशीमा चोट लागेको थियो। यसैले गर्दा नीरजले चार जूनमा भएको फेनी ब्लेंकर्स कोएन गेम्स र १३ जूनमा भएको पावो नूरमी गेम्सबाट नाम फिर्ता लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement