घैयाबारी ग्राम पञ्चायत दुई तीनधारेको राजबारीबाट चारजना प्रार्थीहरू चुनाव मैदानमा

IMG-20230701-WA0270.jpg

तीनधारे: आगामी ८ जुलाईको दिन हुने पञ्चायत चुनावमा घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रको बुथ नम्बर २४९ राजबारीबाट जनजाति सिटमा चारजना प्रार्थीहरू चुनाव मैदानमा उत्रेका छन्। यी चारजनामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा सञ्जीव तामाङ, भारतीय जनता पार्टीबाट समाजसेवी एंव वरिष्ठ संगीतकार सुरेन बम्जन चुनाव लडिरहेका छन्। त्यसरी नै निर्दलीय प्रार्थीको रुपमा दावा दोर्जे लामा र रोशन लिम्बुले चुनाव लडिरहेका छन्। तीनधारेको राजबारी बुथबाट पञ्चायत सदस्यको लागि चुनाव मैदानमा उत्रेका चारजनामा एकजनासित सम्पर्क भए पनि मिडियामा बोल्न मानेनन्। यस क्रममा पञ्चायत चुनावमा भागोप्रमोको प्रार्थी सञ्जीव तामाङले पत्रकारहरूसित कुराकानी गर्दै म यसो गर्छु र तेसो गर्छु भनेर झूटो आश्वासन दिनु सक्दिन तर पञ्चायत व्यवस्थामा जे जे हुन्छ त्यही जनताको लागि लिएर आउनेछु अनि जनताको सेवा गर्नेछु भनी बताएका छन्। उनले यसबाहेक पनि गाउँवासीहरु र जनताको सेवाको लागि सदैव तत्पर रहने बताउँदै हामीले जे कर्म गरेका छौं त्यही नै जनताले भोटमा दिने हो र मैले गरेको काम हेरेर जनताले भोट दिएर जिताउनेछ भनी आशावादी रहेको बताएका छन्। त्यसरी नै भारतीय जनता पार्टीको प्रार्थी सुरेन बम्जनले आफुले अहिलेसम्म गरेको सामाजिक कार्यहरू हेरेर जनताले भोट दिएर जिताउनेछ भनी आशा रहेको बताएका छन्। उनले आफुले यसपाली निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाउने सोचे पनि भारतीय जनता पार्टीले उठ्नु भनेकोले सबैको सर सल्लाहमा भाजपाबाट चुनावमा प्रतिद्वान्दिता गरिरहेको बताएका छन्। त्यसरी नै निर्दलीय प्रार्थी रोशन लिम्बुले आफु जनताको सेवा गर्नलाई चुनाव मैदानमा उत्रेको बताउँदै पञ्चायत सदस्य बनेको खण्डमा आफ्नो गाउँको बाटो, पिउने पानी लगायत बुनियादी सुविधाहरू र गाउँ घरको विकासको लागि कार्य गर्ने साथै जनताको सेवा गर्ने बताएका छन्। पत्रकारहरूसित कुराकानी गर्दै आफुहरूले गाउँ घरको विकास र उन्नति गर्नु साथै जनताको सेवा गर्नलाई पञ्चायत चुनावमा प्रतिद्वान्दिता गरिरहेको बताएका छन्। पञ्चायतमार्फत् सरकारबाट आउने सहुलियतहरू जनताको लागि लिएर आउने वाचा गरेका छन्।

About Author

Advertisement