खरसाङ: तीनधारेको गोलाई पाखास्थित मित्र संघद्वारा असारको पन्ध्रलाई पर्वको रूपमा पालन गरिएको छ। तीनधारेको गोलाई पाखास्थित मित्र संघ सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रम संघको सभापति मसीह प्रकाश मोक्तानको अध्यक्षता र सचिव राजेस सेवाको सञ्चालनमा सम्पन्न भएको छ। यस अवसरमा उपस्थित सबैलाई दही, चिउरा र अन्य खाने कुराहरू वितरण गरेर असारको पन्ध्र पालन गरिएको छ। यस अवसरमा असारको पन्ध्र विषयमा तीनधारे चियाबारीको दोकान पाखा निवासी लोकनाथ शर्माले विस्तृत रुपमा जानकारी गराएका थिए। उनले असार पन्ध्रको महत्व, यसको प्रचलन विषयमा विस्तृत रुपमा जानकारी गराएका थिए। यस उपलक्ष्यमा मित्र संघद्वारा सम्पूर्ण कार्यकारणी सदस्यगणको उपस्थितिमा दही चिउरा ग्रहण गर्दै असार १५ औपचारिक रूपमा पालन गरियो।
कार्यक्रममा मित्र संघका अध्यक्ष, मूलसचिव लगायत अन्य उपस्थित थिए साथै यसको महत्वबारे अध्यक्ष मसीह प्रकाश मोक्तानद्वारा पनि छोटकरीमा जानकारी गराइएको थियो भनी सचिव राजेस सेवाले बताएका छन्।