कालेबुङ: दार्जिलिङका सांसद राजु विष्टलाई चुनाउ प्रचार अवधि पोख्रेबुङ बजारमा भागोप्रमोका समर्थकहरूले हिज शुक्रबार अभद्र व्यवहार गरेको थियो।यसको विरोध जनाउँदै हिल्स भाजपाले आज कालेबुङमा पोस्टरिङ गरेको छ। यसको साथै कालेबुङको डम्बर चोकअघि भाजपा समर्थकहरूले नाराबाजी गर्दै राजु विष्टको जय जयकार गर्नको साथै पोख्रेबुङ घटनाको विरोध गरे।

पञ्चायत चुनाउमा पहाडको जनताले भाजपा पार्टी माथि आस्था राखेको साथै भाजपा केन्द्रीय प्रवक्ता तथा सांसद राजु विष्टको चुनाउ प्रचार अवधि बढ्दो लोकप्रियता देखेर भाग्रोप्रमो ले आतङ्क मच्चाउन खोजेको भाजपा नेता कल्याण देवानले आरोप लगाएका छन्।