कालचिनीः स्वतन्त्र संग्रामी शहीद मेजर दुर्गा मल्ललाई सम्झम्दै शनिबार तृणमूल युवा कंग्रेस लगायत सहयोग फाउन्डेशनको पक्षबाट हेमिल्टनगञ्ज दुर्गा मल्ल चौकमा भेला भएर शहीद मेजर दुर्गा मल्लको ११०औँ जन्म जयन्ती पालन गरियो। तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति तथा सहयोग फाउन्डेशनको सचिव पवन योल्मोको अगुवाईमा शहीद मेजर दुर्गा मल्लको सालिकमा प्रथमत फूलको गुच्छा श्रद्धाञ्जली स्वरूप चढ़ाईएको थियो भने त्यस पश्चात उपस्थित युवा सदस्यहरूले पालैपालो मोमबत्ती जलाएर श्रद्धाञ्जली अर्पण गरेको थियो।
श्रद्धा स्वरूप शहीद मेजर दुर्गा मल्लको स्मृतिमा एक मिनटको मौन धारण पश्चात शहीद मेजर दुर्गा मल्लको परिचय विवरण पवन योल्मोले प्रस्तुत गरेको थियो। मूलतः बर्षैपिच्छे शहीद मेजर दुर्गा मल्लको जन्म जयन्ती साथै बलिदान दिवस युवा सदस्यहरूले पालन गर्दै आईरहेको र हेमिल्टनगञ्ज फरवार्डनगर दुर्गा मल्ल चौकस्थित शहीद मेजर दुर्गा मल्लको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै आइरहेको क्रममा आज तिनको जन्म जयन्ती पालन गरिएको र यस चौकमा राती अन्धकार हुने भएकोले पञ्चायत भोट पश्चात यहाँ एउटा हाइमास्ट लाइटको व्यवस्था पनि गर्ने पवन योल्मोले जनाएका छन्।