राजाहट्टामा भागोप्रमोको चुनावी सभा सम्पन्न

IMG-20230701-WA0260.jpg

१० परिवारहरू भागोप्रमोमा सामेल

सोनादा: टुंग सन्तमेरिज समष्टि अन्तर्गत २४/२५ राजहट्टा प्राइमेरि स्कूल बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोराबारी आठ माइल शाखाको चुनावी सभा गोपाल तामाङको सभापतित्वमा सम्पन्न भयो। उक्त क्षत्रेको उम्मेद्वार रश्मी राईको नेतृत्वमा विभिन्न पार्टीका दश घर परिवारले अनित थापाको कुशल नेतृत्वको कारण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। वक्ताहरुले चुनावी सभालाई सम्बोधन गर्दै भने आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत सदस्त अनि पञ्चायत समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विजय निश्चित रहेको बताए। २० वर्षपछि अनित थापाले पञ्चायत राज फर्काइ ल्याएको छ साथै पहाडमा गणतन्त्र बहाली भएको उदाहरण साक्षी छ र आज पहाडको सबै दलहरूले यो चुनावमा भाग लिरहेका छन्। यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि पहाडवासीको ठूलो उपलब्धि रहेको वक्ताहरुले सभामा बताए। सामेल हुने सदस्य सदस्याहरूलाई समष्टि सभापति एंव सभासद नुरी शेर्पाले दलीय झण्डा प्रदान गरेर भागोप्रमो पार्टीमा पूर्ण स्वागत जनाएका थिए। उक्त कार्यक्रममा टुंग सन्तमेरिज समष्टिको महासचिव ललित मुखिया, युवा शक्ति महासचिव दिपेश तामाङ, जोलन सभापति तथा प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, समष्टि सदस्य ‌सदेव तामाङ लगायत स्थानीय प्रतिनिधिहरूको विशेष सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement