मुख्यमन्त्रीको घटनाप्रति हार्दिक समवेदना व्यक्त
गान्तोक। सिक्किमको राजधानी छेउ रोङ्गे दोकान डाँडामा पैह्रोको चपेटमा परेर एउटै परिवारका तीन सदस्य डोमा शेर्पा(२७) र उनका एक दश वर्षीय र अर्का सात महिनाको छोराले ज्यान गुमाएको छन्।

मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा मृतकका परिवार र आफन्तहरूमा गहिरो सहानुभूति व्यक्त गर्दै सरकारले हर सम्भव सहायता गर्ने आश्वासन पनि दिएका छन्।

उल्लेखनीय छ, राजधानी गान्तोकदेखि लगभग पाँच किलोमिटर टाड़ा रोङ्गे दोकान डाँडामा एउटा कच्चा घरलाई पैह्रोले छोप्दा यी तीनजनाले ज्यान गुमाएको छ।









