गान्तोकमा छैटौँ जीएसटी दिवस पालन

00-1-GST-Day-3

गान्तोक: छैटौँ जीएसटी दिवसको अवसरमा केन्द्रीय जीएसटीले सिक्किमको राज्य जीएसटीसँगको सहकार्यमा गान्तोकको जनता भवनमा जीएसटी दिवस पालन गरेको छ। कार्यक्रमको शुरुमा खादा अर्पण समारोहका साथ पदाधिकारीहरूलाई न्यानो स्वागत गरिएको थियो।

विभिन्न व्यापारिक समुदायबाट आएका सबै सम्मानित अतिथिहरूलाई स्वागत जनाउँदै आरडब्ल्यू शेर्पा, सीजीएसटी र सेन्ट्रल एक्साइज, गान्तोकका सुपरिटेन्डेन्टले स्वागत भाषण दिए। विगत ६ वर्षमा जीएसटीको विकाससँग सम्बन्धित स्क्रीन प्रक्षेपण राज्य जीएसटी अधिकारीहरूद्वारा प्रस्तुत गरिएको थियो र त्यसपछि केक काट्ने समारोह आयोजन भयो।

‘तीन व्यापारिक विरादरीका सरोकारवालाहरूले आफ्नो भाषणमा जीएसटीका फाइदाहरूबारे अवगत गराए। मनोज राई, आयुक्त, राज्य जीएसटी सिक्किमले गत ६ वर्षमा जीएसटीको विकास र विशेष गरी सरोकारवाला र आम रूपमा सबै जनताका लागि यसका फाइदाहरूको बारेमा सुदृढ़ सम्बोधन राखे। श्रीमती एएल भोटिया, सहायक आयुक्त, गान्तोक सीजीएसटी र सीएक्स डिभिजन, सिलगढ़ी आयुक्तालयले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम समापन गरिएको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement