बुलढाणा: बुलढाणा जिल्लामा गए शुक्रबार आधा रातपछि लगभग दुई बजे बस दुर्घटनामा परी २५ जना मानिसहरूको मृत्यु भएको छ। यो दुर्घटना यवतमालदेखि पुणेतिर गइरहेको बस अनियन्त्रित भई खम्बासित ठोक्किएर डिभाइडरमा चढ़ेकोले भएको हो। बस डिभाइडरमा चढ़्नसाथ पल्टियो र आगलागी भयो। बसमा ३३ जना यात्रीहरू सवार थिए जसमध्ये २५ जना जलेर खरानी भएका छन् भने आठजनाले झ्यालको शिशा फुटाएर आफ्नो ज्यान बचाए।
यो दुर्घटना बुलढाणा जिल्लाको सिंदखेड़ाराजामा पिंपलखुटा गाउँ नजिक समृद्धि महामार्ग एक्सप्रेस-वेमा भएको हो। बुलढाणाका एसपी सुनील कड़ासेनले बताए, दुर्घटनामा बस चालक बँच्न सफल भएका छन्। चालकले बताए अनुसार टायर फटेको कारणले बस पल्टिएको हो। त्यसपछि बसमा आगो लाग्यो। प्रत्यक्षदर्क्षीहरू अनुसार चालकले नियन्त्रण गुमाएका थिए। बस पहिला फलामको खम्बासित ठोक्कियो, त्यसपछि एक्सप्रेस-वेको बीचमा निर्मित कंक्रिटको डिभाइडरसित ठोक्किएर पल्टियो। बस देब्रेतिर पल्टिएको कारणले दैलो मुनितिर पऱ्यो जसले गर्दा यात्रीहरूले बाहिर निक्लिने कुनै बाटो पाएनन्। एसपी सुनील कड़ासेनले भने, ‘पुलिसले बसबाट २५ वटा शवहरूलाई बाहिर निकालेको छ। यी शवहरू सय प्रतिशत जलेको कारणले पहिचान गर्न समस्या भइरहेको छl’ एकजना प्रत्यक्षदर्शीले बताएअनुसार पल्टिएको कारणले बसको डिजल ट्याङ्की फाटेर डिजल सड़कभरि फैलियो जसबाट आगलागी भयो। -हिस