प्रधानमन्त्री मोदीद्वारा बुलढाणा बस दुर्घटनामाथि दुःख व्यक्त, अनुग्रह राशि घोषणा

00-1-PM-Modi-2

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महाराष्ट्रको बुलढाणामा भएको बस दुर्घटनामाथि दुःख व्यक्त गर्दै पीड़ितहरूको लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ)-बाट अनुग्रह राशि प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्यालय (पीएमओ)-ले ट्वीट गऱ्यो, ‘महाराष्ट्रको बुलढाणामा भएको विनाशकारी बस दुर्घटनादेखि अत्यन्त दुःखी भएको छु। मेरो समवेदना अनि प्रार्थना ती मानिसहरूका परिवारहरूसित छ जसले आफ्नो ज्यान गुमाए। घाइतेहरू शीघ्र स्वास्थ्य होस्। स्थानीय प्रशासनले प्रभावितहरूलाई हरसम्भव सहायता प्रदान गरिरहेको छl’

पीएमओले अर्को ट्वीटमा भन्यो, ‘बुलढाणामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूका आफन्तहरूलाई पीएमएनआरएफबाट २ लाख रुपियाँको अनुग्रह राशि दिइनछ। घाइतेहरूलाई ५० हजार रुपियाँ दिइनेछ। उल्लेखनीय छ, बुलढाणा जिल्लामा गए शुक्रवार अबेर राति लगभग दुई बजे बस दुर्घटनामा परी २५ जना मानिसहरूले ज्यान गुमाए। यवतमालदेखि पुणे गइरहेको बस पल्टिएर आगलागी भएको कारणले २५ जना यात्रीहरूको जलेर मृत्यु भएको छ भने आठजनाले बसको झ्यालबाट निक्लेर आफ्नो ज्यान बचाएका छन्। तथापि घाइतेहरू पनि पूर्णरूपले जलेको कारणले स्थिति गम्भीर बताइएको छ। बसमा ३३ यात्री सवार थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement