सेवा परमो धर्मको मन्त्र लिएर काम गरिरहेका छन् देशका चिकित्सकहरूः डा. मनसुख माण्डभिया

00-1-Dr-Mansukh._864

नयाँ दिल्ली: केन्द्रीयस्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आज सबै चिकित्सकहरूलाई बधाई दिए। उनले भने, ‘देशका सबै चिकित्सकहरूले सेवा परमो धर्मको मन्त्र लिएर काम गरिरहेका छन्l’ शनिबार उनले ट्वीट गरे- ‘हाम्रा डाक्टरहरूले स्वास्थ्य सेवा पारिस्थितिकी तन्त्रलाई सशक्त बनाउन तथा एक स्वास्थ्य अनि समृद्ध भारत बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। देशका सेवा गरिरहेका छन्l’

उल्लेखनीय छ, भारतमा प्रत्येक वर्ष १ जुलाईको दिन डा. बिधान चन्द्र रायको स्मरणमा उनको जयन्ती अनि पुण्यतिथिको अवसरमा राष्ट्रीय चिकित्सक दिवस मनाइन्छ। डा. बिधान चन्द्र राय प्रख्यात चिकित्सक, शिक्षाविद्, स्वतन्त्रता सेनानी औ राजनीतिज्ञ थिए। उनी भारत स्वतन्त्र भएपछि पश्चिम बंगालका पहिलो मुख्यमन्त्री भएका थिए। सन् १९६१ मा बिधान चन्द्र रायलाई भारत रत्नद्वारा विभूषित गरिएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement