बालटाल: कश्मीर घाटीका बालटाल र पहलगामस्थित आधार शिविरबाट अमरनाथ यात्रीहरूको पहिलो दल कड़ा सुरक्षाबीच शनिवार प्रस्थान भयो। पवित्र अमरनाथ गुफा समुद्रतलदेखि ३८८० मीटरको उच्चतामा हिमालयका चुचुरोहरूबीच अवस्थित छ। यस दलले ‘बम बम भोले’, ‘हर हर महादेव’-को उद्घोषबाट कश्मीर घाटीलाई गुञ्जयमान गऱ्यो। अमरनाथ यात्रीहरूमा पुरुष, महिला, साधु, वृद्ध अनि युवाहरू सामेल छन्।
बालटाल आधार शिविरबाट योजना विकास एवं निगरानी विभागका सचिव डा. राघव लैंगरले डीसी गांदरबल, एसएसपी गांदरबल, शिविर निदेशक बालटाल डोमेल आदिको उपस्थितिमा श्रद्धालुहरूको पहिलो झुण्डलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। अनन्तनागको तर्फबाट यात्राको लागि नोडल अधिकारी र राजस्व सचिव डा. पीयूष सिंगलाले उपायुक्त अनन्तनाग एसएफ हामिदसहित दक्षिण कश्मीरको अनन्तनाग जिल्लाको पहलगाममा नुनवान आधार शिविरबाट पहिलो दललाई हरियो झण्डा देखाए। कश्मीर घाटीदेखि अमरनाथ गुफाको लागि प्रस्थान हुने पहिलो झुण्डलाई गए शुक्रबार जम्मूबाट उपराज्यपाल मनोज सिन्हाले हरियो झण्डा देखाएर प्रस्थान गराएका थिए। यसबीच जम्मूको भगवती नगर आधार शिविरबाट ४,४०० भन्दा अधिक श्रद्धालुहरूको दोस्रो झुण्ड शनिवार प्रस्थान भयो। तीर्थ यात्रीहरू बिहान १८८ वाहनहरूको माध्यमबाट आधार शिविर तर्फ प्रस्थान भए। अदिकारीहरूले बताएअनुसार जम्मू आधार शिविरबाट अमरनाथ गुफा मन्दिर तर्फ प्रस्थान हुने तीर्थ यात्रीहरूको संख्या ७,९०४ भएको छ। कश्मीर घाटीको यात्रा मार्गमा गरिएका व्यवस्थादेखि तीर्थ यात्रीहरू उत्साहित भएका छन्। स्थानीय नागरिकहरूले पनि यात्रीहरूलाई पूर्ण समर्थन गरिरहेका छन्। अधिकांश तीर्थ यात्रीहरूले नै श्री अमरनाथ श्राइन बोर्ड (एसएएसबी) र जम्मू-कश्मीर यूटी प्रशासनको व्यवस्थामाथि खुशी व्यक्त गरेका छन्। -हिस