कुचबिहारको विपक्षी दलका प्रार्थी, कार्यकर्ता तथा समर्थकहरूले भेटे राज्यपाललाई

IMG-20230701-WA0161.jpg

कुचबिहार: कुचबिहारको विभिन्न इलाकाको विपक्षी दलका प्रार्थी, गृह राज्यमन्त्री निशिथ प्रामाणिक लगायत भाजपाका विधायकहरूले आज कुचबिहारमा राज्यपाल सीभी आनन्द बोससित भेट गरे। आज दिनहाटाका विभिन्न क्षेत्रहरूको भ्रमण गर्न अघि राज्यपालले केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिक सहित भाजपाका पाँचजना विधायक, कुचबिहारका विभिन्न क्षेत्रका विपक्षी दलका उम्मेदवार तथा कार्यकर्ताहरूसित सर्किट हाउसमा भेट गरे। राज्यपालले सर्किट हाउसमा धेरै समयसम्म तिनीहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध अभाव, अभियोगहरू पनि सुने यस अवधि तिनीहरूले पञ्चायत चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्य लिएर केन्द्रीय वाहिनी ल्याउनुपर्ने राज्यपालसित माग गरे। यसपछि लगभग १० बजेर ४५ मिनटमा राज्यपाल कुचबिहारको एउटा गैर सरकारी अस्पालमा पुगेर शीतलकुची डकालीहाटमा घाइते भएका भाजपा प्रार्थी कृष्णरवी दाससित भेट गरेर तिनको स्वास्थ्यबारे जानकारी लिए। राज्यपाल यहाँबाट सोझै दिनहाटातर्फ प्रस्थान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement