सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः ल्याण्ड रिफर्म्स इलेभेन विजयी

photocollage_2023711639977.jpg

१ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा ल्याण्ड रिफर्म्स इलेभेनले रोमाञ्चक जीत हासिल गऱ्यो। लेबोंग स्टेडियममा शनिवार खेलिएको दिनको पहिलो म्याचमा ल्याण्ड रिफर्म्स इलेभेनले सिटी भेल्ली फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट एकमात्र गोल सोनम तामाङले गरे। यस म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए। यसरी पवन थामी र जीवन छेत्रीले सहयोगीको भूमिका निर्वाह गरेका थिए। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement