तृणमूल-भाजपालाई होइन, पञ्चायत चुनाउमा जनताले वामपन्थीलाई विश्वास गरेको विचार राखे अशोक भट्टाचार्य

215bfc40-c6e9-4e83-b95b-e69cbe20458c-1024x576.jpg

सिलगढी: पञ्चायत चुनाउमा साधारण मानिसहरूले भाजपा, तृणमूललाई नभएर वाम दलफ्रन्टमाथि विश्वास गरिरहेका छन्। सीपीएम नेता अशोक भट्टाचार्यले आज सिलगढीको अम्बिकानगरमा चुनाउ प्रचार अवधि यस प्रकारको मन्तव्य पोखेका हुन्। लडाइँ कठिन भए तापनि असन्तुष्ट वाम नेता अशोक भट्टाचार्यले हार मानेका छैनन्। पार्टीले तिनीमाथि भरोसा राखेकोले गर्दा हाल तिनले डाबग्राम, फुलबारीमा चुनाउ प्रचारको जिम्मेवारी लिएका छन्। तिनले प्रार्थीहरूको साथमा घर घरमा पुगेर चुनाउ प्रचार गरिरहेका छन् भने चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पनि पाइरहेको दावी गरेका छन्। यस अवधि तिनले भने, भाजपाले पञ्चायत राम्रोसँग चलाउन सक्दैन तृणमूल सत्तामा आए तापनि जनतालाई परिसेवा दिन असफल बनेको छ। यसैले अब पञ्चायत चलाउन वामफ्रन्ट एकमात्र योग्य दल रहेकोले यस पल्टको पञ्चायत चुनाउमा जनताले वाम दलमाथि विश्वास राखेको तिनले दावी गरेका छन्।

About Author

Advertisement