खरसाङ: पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको बुथ नम्बर 266 बाट निर्दलीय प्रार्थीको रुपमा सपना लामा छेत्री चुनाव मैदानमा उत्रेका छन्। घैयाबारी ग्राम पञ्चायत एकको यस बुथमा दुईवटा सिटहरू रहेका छन् भने जनजाति सिटमा यहाँ चारजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन् जसमा निर्दलीय प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका छन् नारी सपना लामा छेत्री। यस सिट अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको गिध्द पहाड़को अप्पर सिरुबारी, लोवर सिरुबारी, स्कूल पाखा, होटल लाइन, परिवर्तन समाज, शान्ति समाज आदि क्षेत्र रहेका छन्। यी क्षेत्रहरूमा प्रार्थीको रुपमा चारजना प्रार्थीहरू चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेका छन्। यी चारजनामध्ये लोवर सिरुबारीबाट निर्दलीय प्रार्थीको रुपमा नारी समूह ( ग्रुप अफ् युमन) लिएर सपना लामा छेत्रीले चुनावमा प्रतिद्वान्दिता गरिरहेका छन्। हुन त सपना लामा छेत्री नारी शक्तिको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको नारी शक्तिको सचिव थिइन्। तर पार्टीले लोवर सिरुबारीबाट टिकट नदिएर केवल अप्पर सिरुबारीबीट मात्र टिकट दिइएकोले आफुले समाजको जनताले भनेपछि पञ्चायत चुनावमा प्रतिद्वान्दिता गर्दै निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको बताएका छन्। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै निर्दलीय प्रार्थी सपना लामा छेत्रीले आफ्नो गाउँ र समाजको हितमा अनि समाजका मानिहरूले भनेपछि चुनाव मैदानमा प्रतिद्वान्दिता गरिरहेको बताउँदै आफुले धेरै लामो समयदेखि समाज सेवा र विभिन्न कार्यहरू गर्दै आईरहेको कारणले आफ्नो जीतप्रति धेरै आशावादी रहेको बताएका छन्। सपना लामा छेत्रीले सन् २०१७ देखि लगातार रूपमा भागोप्रमो अध्यक्ष अनित थापालाई सघाउँदै आएको र पार्टीको हरेक कार्य र संगठनको लागि साथै आफ्नो क्षेत्रको लागि कार्यहरू गर्दै आईरहेको भए पनि लोवर सिरुबारी क्षेत्रबाट पार्टीले टिकट नदिएपछि असन्तुष्ट मात्र होइन तर मन दुखाएर गाउँ घर समाजको आह्वानमा निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेको जानकारी गराएका छन्। उनले आफ्नो क्षेत्रको विभिन्न क्षेत्रहरूमा चुनाव प्रचार गरिरहेका छन् भने जातिप्रति आशावादी रहेको पनि बताएका छन्। सपना लामा छेत्रीले आफुलाई पञ्चायत सदस्यामा जनताले निर्वाचित गरेर पठाएको खण्डमा सरकारबाट पञ्चायतमार्फत् आउने विभिन्न सहुलियतहरू ल्याएर गाउँ घरमा दिने र जतिसक्दो आफुले सकेको जति कार्यहरू गर्ने वचन दिएका छन्। उनले नसक्ने कार्यहरू झूटो आश्वासन दिएर जनतालाई आशा मात्र देखाउने होइन तर आफुले सक्ने जति कार्यहरू गर्न पछि नहट्ने पनि बताएकी छन्।